शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर