नेपाल प्रहरीमा १ हजार ९५० जनाको लागि जागिर

काठमाडौं  ।  नेपाल प्रहरीमा १ हजार ९५० जनाको लागि जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार निकालेको सूचनाअनुसार जनपद प्रहरी जवान १ हजार ८५६ र प्रहरी कार्यालय सहयोगीहरू (भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४) ९४ जनाको लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकहरूले १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सक्ने निकालिएको सूचनामा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर