माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधानबारे छलफल हुने बताइएको छ ।

माओवादीले फागुन १ गते विधान सम्मेलनको मिति तय गरिसकेको छ । विधान सम्मेलनअघि स्थायी कमिटीको बैठक बस्न लागेको हो । स्थायी कमिटीले गरेका निर्णयलाई अनुमोदन गराउन माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ । माओवादीको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर