हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय

काठमाडौं । सरकारले हुलाक सेवाका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले हुलाकको संरचना परिवर्तन गर्दै एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता शर्माले भनिन्, ‘‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने, केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ।’’

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषद् बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्ला, साबिक नगरासिश्र्वा १० निवासी डा. परशुराम मिश्रलाई नियुक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर