सशस्त्रका सयजना एसपीको एकैपटक सरुवा

काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका सयजना एसपीको एकैपटक सरुवा भएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात नयाँ बढुवा भएका सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि.सं. २ र अन्य विभागिय सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्डको जिम्मेवारी दिएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २४ गतेको निर्णयअनुसार सरुवा गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतमा गरेका कमाण्डको समेतलाई आधार मानी जेष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सोही अनुसारको जिम्मेवारी दिएको छ । संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित हाल रिक्त रहेका कमाण्डलाई आधार मानी मेरिट अनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षहरुले कमाण्डको जिम्मेवारी प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर