सुन तस्करीबारे कृष्णबहादुर महरासँग बयान

काठमाडौं ।  पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको छ।  आयोगको कार्यालय सिंहदरबारमा बिहीबार बोलाएर महराको बयान लिएको हो।

महरा भेपमार्फत भएको ९ किलो सुन तस्करीमा मुछिएका हुन्। उनका छोरालाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको छ। तर महराको पनि संलग्नता खुलाएको सीआइृबीले उनलाई भने प्रतिवादी नबनाई मुद्दा दायार गरेको थियो। सरकारले ६१ किलो र भेप मार्फत भएको ९ किलो सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा आयोग बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर