क्रिकेटर दीपेन्द्रसिंह ऐरी गल्फ जायन्ट्समा अनुबन्धित

काठमाडौं ।  नेपाली अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अन्तर्राष्ट्रिय ट्वान्टी–२० लिग फ्रेन्चाइजी क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ऐरीलाई शुभकामना दिँदै ऐरीलाई गल्फ जायन्ट्सले अनुबन्ध गरेको जनाएको हो ।

गल्फ जायन्ट्स गत वर्षको लिग च्याम्पियनसमेत हो । क्लबका कप्तान रहेका छन् इंग्लिस क्रिकेटर जेम्स भिन्स । त्यस्तै क्लबमा क्रिस लिन, सिमरन हेटमेयर, क्रिस जोर्डन, आयान अफजल खानलगायतका विश्वप्रसिद्ध क्रिकेटर आबद्ध रहेका छन् । गल्फ जायन्ट्सको मालिक भारतको चर्चित अडानी समूह हो । अन्तर्राष्ट्रिय ट्वान्टी–२० लिगमा ६ टिम आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर