पटाका कारखानामा भएको विस्फोटबाट ११ जनाको मृत्यु

काठमाडौं ।  मध्य भारतमा पटाका उत्पादन गर्ने एकाइमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मध्य प्रदेश राज्यको हरदा जिल्लामा रहेको एकाइमा भएको विस्फोटमा कुल ९० जना घाइते भएका प्रहरी अधिकारीले बताएका छन् । कम्तीमा २५ जना गम्भीर घाइते भएका छन् । आगलागीले नजिकैका घरहरू जलाएको र करिब सय घरमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर