भक्तपुरको बिस्केट जात्राका लागि दुईवटा लिङ्गो ल्याइयो

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारी वनबाट डोजर र क्रेनको मद्दतले तानेर लिङ्गो ल्याइएको हो । तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा २०८० सालको चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् २०८१ साल बैशाख १ मा लिङ्गो ढालेर जात्रा मनाउने परम्परा छ ।

चित्तपोलको सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि चढाएर सल्लाको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको रूख काटेर मानिसले तानेर ल्याउने मल्लकालीन परम्परा भने यसपटक डोजर र क्रेन प्रयोग गरेसँगै तोडिएको छ । चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि आवश्यक लिङ्गो डोरीको सहायताले तानेर ल्याउने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले मेशिनको सहयोग लिइएको हो । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर