कोशी सरकार पहिचानवादीसँग आज वार्ता गर्दै

काठमाडौं ।  प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै पहिचानसहित पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको संघर्ष समिति र कोशी प्रदेश सरकारबीच आज वार्ता हुने भएको छ ।

प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । यसअघि कोशी सरकारले वार्तामा आउन संघर्ष समितिलाई पत्र पठाए पनि उनीहरूले जवाफ दिएका थिएनन् । तर, बुधबार बसेको संघर्ष समितिको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।

संघर्ष समितिको बैठकले ११ सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश सरकारले भने यसअघि नै भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।

प्रदेशको नामकरणविरुद्ध भएको आन्दोलनमा परी पदम लिम्बूको मृत्यु भएको छ । त्यसपछि आन्दोलन झन् चर्किएको थियो । पहिचान पक्षधरहरूले संघीय र प्रदेशका मन्त्री तथा कोशी नामको पक्षमा रहेका नेताहरूलाई अवरोध गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर