अरुण चौधरीसहित तीनैजना रिहा

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा भएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना रिहा भएका हुन् ।

यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए ।

अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरूलाई सीआईबीले छाडेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर