क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टिम घोषणा

काठमाडौं । क्यानडाविरुद्ध हुने तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज भोलि बिहीबारदेखि सुरु हुँदैछ ।
आईसीसी मेन्स क्रिकेट वल्ड कप (सीडब्लूसी) लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो ।
नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ । सिरिज नेपालका लागि सीडब्लूसी लिग टूको तयारी समेत हुनेछ ।
सिरिजको पहिलो खेल बिहीबार, दोस्रो शनिबार र अन्तिम खेल सोमबार हुने तालिका रहेको छ ।
क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ ।
क्यानडाविरुद्धको सिरिजमा रोहितको नेतृत्वमा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ शेख, पवन सरार्फ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन् ।