नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’ को तयारी

काठमाडौं । नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ।

उनका अनुसार फागुन २३ गते  ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको छ। उनले भने,  “अहिले काम अगाडि बढिरहेको छ। सबै कुरा यथावत् रहे र काम यही गतिमा सञ्चालन भई आगामी मार्च ६ अर्थात् फागुन २३ मा सुरुङ ‘ब्रेक थ्रु’को सम्भावना रहेको छ।” सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने हुन्छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरू बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने दुमरुको भनाइ छ। यहाँ दुई हजार ६८८ मिटर सुरुङ निर्माण हुँदैछ। यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर