गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरेपछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे ।
अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताए । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।