डीआईजी अर्जुन चन्दले राजीनामा फिर्ता लिए ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।
व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र अन्य वरिष्ठ प्रहरी अधिकारीहरूसँगको लामो सल्लाहसाउतीपछि चन्दले राजीनामा फिर्ता लिएको बताइएको छ । उनले राजीनामा फिर्ता लिए पनि उनको जिम्मेवारीबारे स्पष्ट भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर