संसदमा रास्वपाले खबरदारी गर्ने : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजीविकासम्बन्धी विधेयकहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् ।

त्यस्तै उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनहरुलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । सरकारले जनचासोका विधेयकहरु सदनमा ल्याउन नसके रास्वपाका सांसदहरुले नीजि विधेयकहरु सदनमा लैजाने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर