बालकुमारी घटना जाँचबुुझ आयोगको म्याद थप

काठमाडौं ।  ललितपुरको बालकुमारीमा एक महिना अगाडि भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।

बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको विषयमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो । यस घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम नसकिएकाले म्याद थपिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर