मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर

काठमाडौं ।  नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर