लुम्बिनीमा आज सरकार गठन दाबी पेस गर्दै दलहरू

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज (बिहीबार )दाबी पेस गर्ने भएको छ। एमालेका मुख्यमन्त्री लीला गिरीले गत सोमबार विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वानअनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख शेरचनले मङ्गलवार एक सूचना जारी गरेर दाबी पेस गर्न दलहरूलाई आव्हान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर