देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं ।  आज सोमबार देशका धेरैजसो भागमा साधारण बदलीको अवस्था रहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ। त्यसैगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकाे अवस्था रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर