नागरिकको जीविकासँग राजनीति नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रव्यापी दबाब अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट शुरु भएको छ ।

मेलम्चीमा आज आइतबार भएको कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेले सरकारको गैरजिम्मेवारीले अलपत्र पारेका आयोजनाको निर्माण सम्पन्न गर्नका लागि आफूहरूको अभियान शुरु गरिएको बताए । आफूहरूको दबाब अभियानलाई कतिपयले राजनीतिक र कूटनीतिक रङ पोत्न खोजेको भन्दै सभापति लामिछानेले नागरिकको पीर र दुःखमा साथ दिँदा आक्रमण गर्नेहरू आफैँ परास्त हुने बताए । उहाँले नागरिकको जीविकासँग राजनीति नगर्न आग्रह पनि गरे ।

देशको जुन ठाउँमा गए पनि भत्काएर छाड्ने तर निर्माण सम्पन्न नगर्ने रोग देखिएको भन्दै रवि लामिछानेले घुस र कमिशनभन्दा पनि नागरिकको समस्या र देशको विकासलाई ध्यानमा राखेर काम गरेको भए अहिले यस्तो अवस्था नआउने बताए । मेलम्चीको पानी हिउँदमा काठमाडौं लगेर उद्घाटन गर्न नेताहरूले तँछाडमछाड गरे पनि बाढीपहिरोको समस्या समाधानमा सिन्को पनि नभाँचेको उनले टिप्पणी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर