चिसो बढेपछि रुकुम पश्चिमका भूकम्पपीडित समस्यामा

काठमाडौं ।  केही दिनअघिको वर्षा र हिमपातपछि पुनः आज बिहानै देखिको वर्षा र हिमपातले पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसो बढेपछि रुकुम पश्चिमका भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् ।

चिसोका कारण तीन महीनादेखि अस्थायी आवासमा बस्दै आएका प्रभावितले जनजीवन कष्टकर बनेको बताएका छन् । अस्थायी आवासबाट समेत आकाशे पानी चुहिने भएकाले आफूहरू थप समस्यामा परेको सानीभेरी गाउँपालिका -९ का भूकम्प प्रभावित जेष्ठ नागरिक लालसिंह डाँगीको भनाइ छ ।

चिसो बढेपछि सबैभन्दा बढी जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी समस्यामा परेका छन् । पश्चिमी वायुका कारण आज बिहानै देखि उत्पन्न चिसोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको जनजीवन कष्टकर बनेको हो । भूकम्प प्रभावित दुईवटै जिल्लामा अझैपनि अस्थायी आवास निर्माणको काम चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर