यमनको हुथी शिविरमा आक्रमण

काठमाडौं ।  यमनको राजधानी सानामा रहेको हुथी शिविरमा शनिवार राति हवाई हमला भएको बासिन्दाहरूले बताएका छन् । हवाई हमलाहरू साना वरपरका शिविरहरूमा प्रहार भएको थियो ।

धेरै लडाकु विमानहरूको आवाज सहरमा सुनिएको बासिन्दाहरूले बताएका छन् । राजधानी वरपरका उत्तरी र दक्षिणी पहाडमा विस्फोट भएको स्थानीयवासीले बताएका छन् । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीका अनुसार हवाई हमलाहरू हुथी समूहद्वारा नियन्त्रित दुवै सैन्य शिविर अल–नाहदिन र अत्तान पर्वतमा भएको थियो ।

ती पहाडहरू नजिकका बासिन्दाहरूले विस्फोटहरू धेरै शक्तिशाली भएको बताए । अमेरिकी सेनाले शनिवार राजधानी सानासहित ­यमनका विभिन्न स्थानहरूमा ३० भन्दा बढी हुथीहरूलाई मारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर