साम्बाको कीर्तिमानी ‘डेब्यू’

काठमाडौं । नेपाली महिला राष्ट्रिय फूटबल टोलीकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा आफ्नो खेल यात्राको शुरूवात गरेकी छिन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट ग्वेनगाम्पका लागि शनिवार ‘डेब्यू’ गर्दै आफ्नो यात्रा माथिल्लो स्तरको युरोपियन लिगमा शुरू गरेकी हुन् ।
साम्बा बोर्डोविरुद्धको खेलमा शुरूवाती ११ मा थिइनन् । तर टीम लाइन अपमा समावेश भएकाले उनले वैकल्पिक खेलाडीको रुपमा अवसर पाएकी थिइन् । यसैबीच उनले ७५औं मिनेटमा मैदान प्रवेश गरिन् । यससँगै उनले फ्रान्सको लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमानसमेत बनाइन् ।
प्रतिक्रिया