आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।   नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार पनि अमेरिकी डलरदेखि युरोसम्मको भाउ घटेको छ । पछिल्लो केही दिन यता घटेको डलरको भाउ आज पुनः घटेर एकको खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५ पैसा कायम भएको छ । यसअघि भने डलरको भाउ एकको खरिदमा १३२ रुपैयाँ ५८ पैसा र बिक्रीमा १३३ रुपैयाँ १८ पैसा रहेको थियो ।

त्यस्तै, युरोको भाउ आज घटेर एकको खरिदमा १४३ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३७ पैसा रहेकोमा आज पुनः घटेर एकको खरिद मूल्य १४३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ७५ पैसा कायम भएको छ । युके पाउन्ड स्टर्लिङ पनि घटेर एकको खरिदमा १६७ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६८ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसैगरी, अष्ट्रेलियन डलरलाई आज खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६६ पैसा पर्नेछ। अष्ट्रेलियन डलरको भाउ आज पुनः घटेको हो ।

क्यानेडियन डलर पनि घटेर एकको खरिदमा ९८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८४ पैसा कायम भएको छ । यसैगरी जापानिज येनको भाउ भने बढेको छ । यसअघि १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ ०१ पैसा रहेको जापानी येन आज १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा कायम भएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ र बिक्रीमा २८ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५१ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य ३५२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर