अमेरिकाद्वारा प्रतिशोधात्मक कारवाही सुरु

काठमाडौं । मध्यपूर्वमा गत आइतबार ड्रोन आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला अमेरिकाले लिएको छ । अमेरिकाले सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिसिया समूहहरुविरुद्ध हवाई आक्रमण सुरु गरेको हो ।

आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो एक विज्ञप्ति निकाल्दै अमेरिकाले आफ्नो प्रतिक्रिया सुरु गरेको बताउँदै आफ्नै रोजाईको समय र स्थानहरुमा आक्रमण जारी राख्ने बताउनुभयो । गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए । ह्वाइट हाउसले आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ । इरानले भने यस घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । साथै अमेरिकी आरोपलाई आधारहीन भएको प्रतिक्रिया दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर