दोषी प्रमाणित गर्न रवि लामिछानेको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो दोष प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । अर्घाखाँचीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिँदै पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले उक्त चुनौती दिएका हुन् ।

आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको उनले बताए । ‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन, छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ’, उनले भने, ‘आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी छ । रास्वपा यस्ता आरोपबाट डराउँदैन ।’

सभापति लामिछानेले सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रष्ट पारिसकेको बताए । रास्वपाको टोली अहिले अर्घाखाँचीमा घरदैलो गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर