उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । घुससहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालतले दोषी ठहर गर्दै शुक्रबार एक वर्ष कैद र छ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

उनी २०७९ साउन २२ गते साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उपसचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर