सरकारले अरुणमाथि प्रतिशोध साँध्यो : सांसद चौधरी

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा आफ्नो सहोदर भाइ पक्राउ परेपछि विनोद चौधरीले अरुणलाई सरकारले प्रतिशोध साँधेर समातेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीले हिजो शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सो जग्गा प्रक्रियासंगत रूपमै किनेको दाबी गरे ।

तर, सिआइबीले भने सरकारी जग्गा हडपेको निष्कर्षसहित अरुणसहित तीन जनालाई पक्राउ गरेको छ । विनोद चौधरीले भने सरकारको अहिलेको कदमले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलन नै प्रभावित हुनसक्ने र उद्योग तथा व्यवसायीको मनोबल खस्किने टिप्पणी गरे । कांग्रेस संसदीय दलको बैठकमा अरुण चौधरी पक्राउ भएको विषयमा धेरै सांसदले आवाज उठाएका छन् । उनीहरुले सरकारले चौधरीमाथि धरपकड गरेर गल्ती गरेको उनीहरुको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर