संसदीय बैठक व्यवस्थित र प्रभावकारी बनाउने सहमति

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संघीय संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने सहमति गरेका छन् । संसदले जनजीविकाको सवाल र विधेयकमा ध्यान नदिएको भन्दै जनस्तरमा आलोचना बढेपछि दलहरुले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सहमति गरेका हुन् ।

अब हप्तामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार भएको छ । पहिलो चरणमा पर्सि २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी कार्यतालिका तयार भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले अब सांसदलाई समय व्यवस्थापन गर्न सहज हुनेछ । यस बीचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा छलफल भएको पनि उनले जानकारी दिए ।

संघीय संसद्को हिउँदे अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा हिजो सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच हिजो छलफल भएको हो । संघीय संसद्को हिउँदे अधिवेशन पर्सि सोमबारदेखि सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर