स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो रियल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २-० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफ अर्थात खेलको १४औँ मिनेटमा रियलका जोसेलुले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । खेलको ५६औँ मिनेट अर्थात दोस्रो हाफमा पनि गोल गर्दै जोसेलुले गेटाफेविरुद्ध २-० को जित सुनिश्चित गरे ।
यो जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । २२ खेल खेलेको रियल ५७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । समान खेल खेलेको जिरोना ५५ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै समान खेलबाट ४७ अंक बटुलेको एट्लेटिको मड्रिड तेस्रो र समान खेलबाट ४७ अंक बटुलेको वार्सिलोना चौथो स्थानमा छ ।
प्रतिक्रिया