किन माफी मागे राहत फतेह अली खानले ? यस्तो छ कुरा

काठमाडौं । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खानको एउटा भिडियो हालै भाइरल भएको छ । जसमा उनले एक व्यक्तिलाई जुत्ताले कुटेको देखिएका छन् । भिडियो हेर्दा राहत फतेल अली खान बोतल हराएपछि रिसाएको देखिन्छ । केही समयमै यो भिडियो सामाजिक सञ्जालमा आउन थाल्यो र सबैले गायकको आलोचना गर्न थाले । अब राहत फतेह अली खानले एक भिडियो सार्वजनिक गर्दै यस मामिलामा माफी मागेका छन् । उनले यो भिडियो षड्यन्त्रकै रुपमा सार्वजनिक गरिएको समेत बताएका छन् ।

भने– “यस्तो व्यवहार गर्नुहुँदैन थियो”

उक्त भिडियो आज फरीदुन शहरयार नामका एक प्रयोगकर्ताले सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरेका हुन् । जसमा राहत फतेह अली खान आफ्नो कार्यबाट लज्जित भएको र आफ्ना फ्यान र संगीत समुदायसँग माफी मागेको देखिन्छ । गायक भन्छन्, “म माफी माग्न चाहन्छु। सबैभन्दा पहिले म मेरो अल्लाह तला, मेरो प्रभुसँग क्षमा चाहन्छु। अल्लाहले मलाई माफ गरुन्, जसले सबै मानिसलाई समान बनाउनुभयो। एक मानिसको हैसियतले मैले अरू कुनै पनि मानिससँग यस्तो व्यवहार गर्नु हुँदैन र एक कलाकारको हैसियतमा मैले त्यस्तो व्यवहार गर्नु हुँदैन।”

‘गल्ती दोहोरिने छैन’

राहत थप भन्छन्, “मेरो परिवारले ६ सय वर्षदेखि कव्वाली कलालाई अगाडि बढाउँदै आएको छ । हाम्रो सन्देश प्रेम, शान्ति र भ्रातृत्व हो। म मेरो व्यवहारबाट दुखित भएका मेरा परिवारका सदस्यहरू, मेरा परिवार र साथीभाइहरू र मेरा सबै फ्यानहरूसँग माफी चाहन्छु र सबैभन्दा ठूलो म मेरो अल्लाहसँग माफी चाहन्छु कि म यो गल्ती फेरि दोहोर्‍याउने छुइँन्।

षड्यन्त्रको आशंका

उनले थपे, ‘मेरो व्यवहारका लागि म गायक समुदाय, मसँग काम गर्ने महिला गायिका सबैसँग माफी चाहन्छु । संगीत रचना गर्नुहुने र यति सुन्दर संगीत रचना गर्नुहुने सबै संगीत निर्देशकहरू, सबैसँग माफी पनि माग्छु । यसबाहेक राहत फतेह अली खानले पनि भिडियोमा आफूलाई बदनाम गर्ने षड्यन्त्र रचिएको र एक सातादेखि यस्तो भइरहेको बताएका छन् । उनले यो भिडियो नौ महिना पुरानो भएको बताए । उनले पत्रकार सम्मेलन गरेपछि मात्रै यो भिडियो आएको र यी सबै भिडियो “योजनाबद्ध र मनगढन्त” भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर