सुन तोलामा पाँचसय महँगियो

काठमाडौं ।  सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर