निलम्बित न्यायाधीश गिरीविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज उक्त मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । उक्त विवादमा काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन् । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर