शेयर बजारमा २१.६७ अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २१.६७ अंकले घटेर दुई हजार ९७ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

आज ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटाको बढेको छ भने ८५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, मेन्छियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.८७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर