फिल्म सिटी निर्माणमा अक्षयभन्दा बोनी कपुर अगाडि

काठमाडौं । ग्रेटर नोएडा यमुना अथोरिटीको सेक्टर २१ मा बनिरहेको फिल्म सिटीको निर्माण कार्य अभिनेता अक्षय कुमारको हातबाट खोसिएको छ । यो फिल्म सिटीको ग्लोबल टेन्डर निर्माता बोनी कपुरले पाएका छन् । यो फिल्म सिटी निर्माणमा ढिलाइ भए उनले दैनिक १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

ग्रेटर नोएडा फिल्म सिटी उत्तर प्रदेशको महत्वाकांक्षी परियोजनामध्ये एक हो । पहिलो चरणमा २३० एकडमा फिल्म सिटी निर्माण गर्न लागिएको हो । जसका लागि चार कम्पनीले आवेदन दिएका थिए । जसमध्ये बलिउड अभिनेता अक्षयकुमार यो टेन्डरमा अग्रपंक्तिमा थिए । यो टेन्डरमा बोनी कपुरले अक्षय कुमारलाई पछि पारेका छन् ।

यसरी बोनी कपुरको कम्पनी कन्सोर्टियमले पहिलो चरणमा ग्रेटर नोएडा फिल्म सिटी निर्माण गर्ने अवसर पाएको हो । यमुना प्राधिकरणको सेक्टर २१ मा हजार एकडमा यो फिल्म सिटी निर्माण हुन लागेको हो । पहिलो चरणमा २३० एकड जग्गा बाँडफाँटका लागि ग्लोबल टेन्डर आह्वान गरिएको थियो । यो फिल्म सिटी निर्माणको काममा लापरबाहीले कम्पनीलाई महँगो पर्ने भएकाले आफू निकै गम्भीर रूपमा यो निर्माणमा जुट्ने बोनीले बताएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको यो ड्रिम प्रोजेक्ट धेरै ठूलो स्तरमा निर्माण हुनेछ । काममा ढिलाइ भए सम्बन्धित कम्पनीलाई दैनिक १० लाख रुपैयाँ जरिवाना तिर्ने शर्तमा यो टेन्डर बोनीले हात पारेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर