हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्नेबारे छलफल

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बुधबार छलफल आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले गरेको सम्भाव्यता अध्ययनबारे बिफ्रिङ लिएका हुन् ।

सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

सेनाले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रारम्भिक अध्ययनको सारसंक्षेप पेश गरेको छ । प्रतिवेदनमा विद्यामान अवस्थामा केही संरचना र मेसिन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने उल्लेख छ । उद्योग सञ्चालनका लागि सेनाको सैनिक कल्याणकारी कोषमा बजेट पर्याप्त रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सेनाले उद्योग सञ्चालनका लागि देशभित्रै कच्चा पदार्थ पर्याप्त रहेको र सेना तथा सरकारी कर्मचारीहरुका लागि लत्ताकपडा उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर