मन्त्री ज्वालालाई बालकुमारी घटनामा बयानका लागि समन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ललितपुरको बालकुमारीमा गत पुस १३ गते  दुईजनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन बोलाइएको छ। बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

आयोगले मन्त्री ज्वालाई बयानका लागि उपस्थित हुन भनेर पत्र काटिएको जानकारी दिए। घटना भएको दिन घटना क्षेत्रमा किन गएको तथा उक्त क्षेत्रमा के–के भएको थियो भन्नेबारे प्रश्न सोध्न मन्त्री ज्वालालाई बोलाइएको बताइएको  छ।

मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर