उपनिर्वाचनको परिणामले कांग्रेस सच्चिनुपर्ने : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको धारणा व्यक्त गरेका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए । नेता कोइरालाले जनताले दिएको म्यान्डेट स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेकाले यसलाई सुधार गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर