प्युठानमा बेवारिसे अवस्थामा शिशु फेला
काठमाडौं । प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेको छ । होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ७ बजे बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया