तीनजना प्यालेस्टिनीलाई हत्या गरेको आरोप

काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । जेनिनका कार्यवाहक गभर्नर कमल अबु अल–रुबले नागरिक पोशाकमा इजरायली विशेष बलहरू शहरको इब्न सिना अस्पतालमा प्रवेश गरी र तीन युवाको हत्या गरेको थियो ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सेनाले इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को एक सशस्त्र बलहरु लुकेको ठाउँमा अभियान चलाएको बताए । उनीहरु जेनिन शहरको इब्न सिना अस्पताल भित्र लुकेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर