भक्तपुरमा सुविधा सम्पन्न दि मुग्लान रेस्टुरेन्ट सञ्चालनमा

भक्तपुर । पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायर गेट परिसर नजिकै अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको “दि मुग्लान होटल एण्ड रेष्टुरेण्ट” को नयाँ शाखा सञ्चालनमा आएको छ ।

दि मुग्लान होटल एण्ड रेष्टुरेण्ट भक्तपुर शाखाका प्रवन्ध निर्देशक विजय लामाले अष्ट्रेलियामा विगत १४ वर्षदेखि नेपाली व्यवसायीले सञ्चालन गरिरहेको दि मुग्लान रेष्टुरेन्टले ६ बर्ष अगाडि देखि पोखरामा शाखा विस्तार गरि पूर्ण सफलतासहित भक्तपुरमा पनि शाखा विस्तार गरेको तीन दिने ग्रायन्ड ओपनिङ तय गरेको बताए । साथै उनले रेस्टुरेन्ट स्थापनाको अवसरमा विविध सांगीतिक कार्यक्रम आयोजना गर्ने पनि बताए ।

सांगीतिक कार्यक्रम यही माघ १८ देखि २० गते सम्म आयोजना गरिने र यही फरवरी १ मा हुने ग्रायन्ड ओपनिङ उद्घाटनसंगै नेपाल आइडल सिजन २ गोल्डेन माइक होल्डर एवम् चर्चित गायिका निलिमा थापामगर र ब्यान्ड च्याम्पियन नेपालको उत्कृष्ट ८ मा पर्न सफल चर्चित ब्यान्ड एन.एस ११३४ को विशेष प्रस्तुति रहने उनले जानकारी दिए ।

उनले भने, “त्यसैगरी दास्रो दिन अर्थात फरवरी २, शुक्रबार को दिनमा सुगम संगीतका चर्चित गायक सुगम पोखरेलसहित बाजागाजा बयानडकोलाइभ प्रस्तुति रहने छ, ग्रायन्ड ओपनिङ को अन्तिम दिन फरबरी ३, शनिबार चर्चित एवं भर्सटायल गायिका मिलन नेवार, मोलोडियस ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौं ।”

उनका अनुसार दि मुग्लान रेस्टुरेन्टले एकैपटक २ सय जना भन्दा बढी ग्राहकलाई एकैपटकमा सेवा प्रदान गरिने छ । लामाले अष्ट्रेलिया र पोखराकै गुणस्तरमा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका खाना पारखीहरुलाई उपयुक्त सेवा उपलब्ध गराउने बताए । प्रबन्ध निर्देशक लामाले दि मुग्लान रेस्टुरेन्टमा सर्वसाधारणको गोजी सुहाँउदो खानाको मूल्य पनि रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर