दिल्लीमा आगलागीबाट चार सयभन्दा बढी गाडी जलेर नष्ट

काठमाडौं ।  भारतको राजधानी दिल्लीमा आगलागीबाट चार सयभन्दा बढी निजी गाडी जलेर नष्ट भएका छन् । दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीबाट नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिइएका हुन्। आगलागीको कारण भने खुलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर