अल हिलालको रोमाञ्चक जित

काठमाडौं ।  क्लब मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको अल हिलालले लियोल मेस्सी नेतृत्वको अमेरिकाको इन्टर मियामीविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । साउदी अरेबियाको किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । इन्टर मियामीका लागि लुइस स्वारेज, लियोनल मेसी र डेविड रुइजले गोल गरे ।

खेलको १०औं मिनेटमा मित्रोभिचको गोलममार्फत अल हिलालले अग्रता लिएको थियो । तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए । स्वारेजले ३४ औँ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितमा आयो । इन्टर मियामीका लागि स्वरेजको यो पहिलो खेल तथा गोल हो । माइकलले ४४ औँ मिनेटमा गोल गर्दा अल हिलालले ३–१ को अग्रता पायो ।

दोस्रो हाफमा एक मिनेटभित्र दुई गोल गर्दै मियामी खेलमा फर्किएको थियो । ५४ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्‍याए । एक मिनेटपछि रुइजले मियामीलाई ३–३ को बराबरीमा ल्याए । यद्यपि निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा माल्कोमले गोल गरेपछि अल हिलालले ४–३ ले खेल जित्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर