मनाङ मर्स्याङ्दीलाई हराउँदै जाउलाखेल सेमिफाइनलमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हरायो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा जाउलाखेल विजयी भएको हो ।

थ्रि स्टार र सङ्कटा क्लब यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । भोलि हुने चर्च ब्वाइज र एपीएफबीचको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको पनि टुङ्गाे लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर