रुग्न उद्योग पुनःसञ्चालन गर्ने तरखरमा सरकार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्द रहेका पुराना उद्योगहरु सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेबारे पहल भइरहेको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “हिजैमात्रै हामीले दुई चारवटा नयाँ कामहरु अगाडि बढाउने हामीले निर्णय गरेका छौं । विराटनगर जुटमिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगजस्ता बन्द उद्योगहरु सञ्चालन गर्ने बारेमा कतिपयलाई सिधै पीपीपी मोडलमा र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिनेबारे ठोस् निर्णय गरिएको छ । यो सरकार पुनाना उद्योग सञ्चालन गर्ने र त्यसबाट रोजगारी र उत्पादनको नयाँ युगतिर देशलाई लैजाने संकल्पको साथ अगाडि बढेको छ ।”

यी उद्योगहरु विभिन्न कालखण्डमा बन्द भएर अहिले रुग्ण अवस्थामा छन् । सरकारले केही समय बन्द भएर पुनः सञ्चालनमा आएको औषधि लिमिटेडलाई थप व्यवस्थित बनाइसकेको छ । केही समय पहिला ५–६ प्रकारका औषधि उत्पादन गर्ने उक्त कम्पनीलाई सरकारले अत्यावश्यक सबै औषधिको उत्पादन थाल्न निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर