नयाँ राजनीतिक पार्टीको उदय सकारात्मक : डा. भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हालैको उपनिर्वाचनपछिको स्थितिलाई विश्लेषण गर्दै नयाँ पार्टीहरूको उदय सकारात्मक भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्तिलगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु भनी टिप्पणी गरेका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “एकदशकदेखि देशमा नयाँ शक्ति र वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्तिलगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु । सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ, राजनीति र भू–राजनीतिको विशिष्टता अनुकूल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं ।”
प्रतिक्रिया