रामेछापको मन्थलीमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौं । रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछापको सदरमुकाम मन्थलीमा हिजोदेखि दुई महिनाका लागि निषेधाज्ञा जारी गरेकी छन् । उनले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको बताइन् ।

निषेधाज्ञामा मन्थलीबजारमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनले निकालेको निषेधाज्ञाको सूचनामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम ,झै-झगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग गर्न नपाइने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर