दोलखा जिल्लामा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन

काठमाडौं ।  दोलखा जिल्लामा घरजग्गाको संगठित विकास र कारोबार गर्न जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरे, महासंघका सचिव रामसुन्दर बके तथा केन्द्रीय सदस्य मोहनबहादुर राउतको उपस्थितिमा उक्त तदर्थ समिति गठन गरिएको हो ।

दोलखा जिल्लाभर छरिएर रहेका घरजग्गा व्यवसायीहरुको हकहित र अधिकारलाई सुदृृढ गर्ने उद्देश्यले दोलखा जग्गा तथा आवास विकास संघ तदर्थ समिति गठन गरिएको महासंघका केन्द्रीय महासचिव विष्णुप्रसाद घिमिरेले बताए ।

घरजग्गा व्यवसायीहरुले संस्थागत रूपमा कम्पनीमार्फत कारोबार गरी पेशालाई मर्यादित बनाउनुपर्ने तथा आवाससँगैसँगै दोलखा जिल्ला पर्यटकीय क्षेत्र रहेकाले होम स्टेलाई समेत दृष्टिगत गरेर जग्गा तथा आवास क्षेत्रको विकास गर्नुपर्ने महासचिव घिमिरेको भनाइ छ ।

दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समितिको संयोजक तथा अध्यक्षमा शिवबहादुर खत्री, उपाध्यक्षमा शिव शिवाकोटी, सचिवमा भैरव थापा रहेका छन् ।
यस्तै समितिका सदस्यहरूमा विष्णु शिवाकोटी, विष्णु खतिवडा, हरि उप्रेती, ठुला कान्छा तामाङ, करुण पाण्डे, विदुर उप्रेती, तारा मगर, मखन पाण्डे, भक्तबहादुर खड्का र निम पसाङ्ग शेर्पा रहेका छन् । यस्तै समितिको सल्लाहकारमा सुरेन्द्रमान बिजुक्छे र श्याम खड्का रहेका छन् ।

घरजग्गाविज्ञ सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न तदर्थ समिति गठन कार्यक्रममा दोलखा जिल्लामा अब उप्रान्त व्यक्तिगत तौरतरीकाबाट घरजग्गाको कारोबार भइरहेकोमा अब संगठित र कानुनबमोजिम घरजग्गाको कारोबार हुने हुनाले घरजग्गाको क्रेता र बिक्रेता दुबै पक्ष लाभान्वित हुने चर्चा गरिएको थियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर