राजालाई सरापेर राजनीति गर्ने दिन सकियो : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको बताएका छन् । उनले अब राजालाई गाली गर्ने होइन डेढ दशकको गणतन्त्रमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारीजस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा सोमबार लेख्दै मौका मिले त्यही राजा ठीक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाइ रहेको छ । ‘राजा ठीक थिएनन् त, अनि त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ? उनले प्रश्न गरे ।

दलहरूले आफ्नो कमजोरी छोप्न राजालाई दोष दिन खोजेको उनको आरोप छ । ‘जहिले पनि दरबार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरूले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेको ? सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन् । ‘जनतालाई सधैँ मूर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौँ ! लिङदेनले दरबार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौँ जीवितहरू छन् उनीहरूलाई किन नसोधेको ? भन्ने प्रश्न पनि उठाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर